सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुईजना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय नीलकुमार अदै र  धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित

परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका निरीक्षक शैलेस थापाले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *