चिनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ। पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो।
पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन्। त्यस्तै, ८५ वर्षीय एक बृद्धा पनि संक्रमित भएका छन्।

