maobadi

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबारको बसेको बैठकमा केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुनुपर्ने प्रस्ताव गरिएको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको, प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *