गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ।

पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती विस्फोट भएको थियो। विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन्। एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो विस्फोट गराएको अधिकारीहरुले बताएका छन्।

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन। बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए। विस्फोटको समयमा महिला र बालबालिका थिए।

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ।एजेन्सी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *