नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन्। प्रचण्डले आइतबार बिहान टेलिफोन गरी ओलीलाई राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका हुन्।

तर, ओलीले आफू झापामा भएको भन्दै प्रतिनिधि पठाउने जवाफ दिएको मल्लले बताए। कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने ओलीले जवाफ दिएका थिए।
माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ। दिउँसो ३ बजे शुरु हुने उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ।
स्रोत: कान्तिपुर ।

