काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

बैठक, पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ। बैठक बस्नुअघि बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *