सिद्धार्थ बैंकले सेयरधनीलार्य वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ। सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा बैंकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली संशोधन हुने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने लगायतका एजेण्डा छन्।
बैंकले सभा तथा लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा गते एकदिन बुक क्लोज गर्नेछ। यसअनुसार १७ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

