काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिकबाट विश्राम नलिएको बताएका छन्। उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै साो कुरा बताएका हुन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति ,पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई दिँदै नेता पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहने स्पष्ट पारेका छन्। जारी विज्ञप्तिमा उनले भनेका छन्, “मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ। यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो। मेरो राजनीतिक यात्रा जारी छ र अविछिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहने छ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *