औषधि कम्पनी एस्ट्राजेनेकाले बनाएको कोभिड १९ खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी बनेको बताइएको छ।

अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै बिहीबार सो कम्पनीले ओमिक्रोन भेरियन्टविरुद्ध एस्ट्राजेनेकाले बनाएको खोप प्रभावकारी बनेको बताएको हो।
ओमिक्रोनविरुद्ध कम्पनीले बनाएको खोपको तीन डोज पहिलो चरणमा परीक्षण गरिएको र सो परिक्षण सफल भएको कम्पनीले जानकारी दिएको छ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा ओमिक्रोन विरुद्धको खोप तयार गरिरहेको केही दिनअघि उक्त कम्पनीले जानकारी दिएको थियो।

