काठमाडौं : बिहीबार (आज) देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज बिहान सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराईका केही भूभाग र प्रदेश नं १ र २ का तराईका एकदुई स्थानमा हुस्सु लागेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव सात डिग्री सेल्सियस रहेको छ।

