काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। गत मङ्गलबार संसदको दसौं अधिवेशनको पहिलो बैठक बसेपश्चात् आज एक सातापछि बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्दै छ।

अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको थियो। एमालेको अवरोधकैबीच कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले केही अध्यादेश पेश गरेका थिए।

आजको बैठकमा मन्त्री बडुले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै गत मङ्गलबार पेश भएको अध्यादेश ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव मन्त्री बडुले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *