नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.बीच औपचारिकरुपमा सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अनुरुप गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टर नेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने छन्। उक्त स्वीचरिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रहि विभिन्न रियल टाइम, नन–रियल टाइम तथाओपन एपिआइका मार्फत फाइनान्सले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.लेसदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले फाइनान्सका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ। हाल नेशनल पेमेन्ट स्वीचमा ३५ वटा बैंक/वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३८ वटा संस्था आबद्ध रहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *