काठमाडौं : मङ्गलबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार तोलाको ९३ हजार ८ सय रुपैयाँले कारोबार भएको छापावाल सुनको मुल्य आज ९३ हजार कायम भएको छ।
यसै गरी, तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले घट्दा आज ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

