विदेश :
गत बिहीबार र शुक्रबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधीका कारण करिब २०८ मानिसको मृत्यु भएको छ। उक्त आँधीबाट करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ। बोहोल प्रान्तमा मात्र ७२ जनाको मृत्यु भएको छ । कतिपय मानिस वेपत्ता भएको पनि समाचारमा उल्लेख गरिएको छ।
आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी रहेको छ। साथै अधिकारीहरु ज्यान गुमाउनेको खास सङ्ख्या संकलन गर्नमा पनि व्यस्त रहेको बताइएको छ।
आँधीका कारण प्रभावित स्थानमा विद्युत, खानेपानी अवरुद्ध भएको छ। बोहोल प्रान्तसँगै यस आँधीबाट सेबु,लेयते, सुरिगाओ डेल नोर्टे प्रान्त पनि प्रभावित भएका छन्।

