काठमाडौं : सोमबार (आज) सुनको मुल्यमा वृद्धि भएको छ ।

आइतबार ४ सय रुपैयाँले घटेको सुनको मुल्य आज २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

