काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकले संसद् अवरोध नगर्न आह्वान गरेको छ।आइतबार बालुवाटारमा बसेको सो बैठकले उक्त आह्वान गरेको हो

बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा संसदलाई बन्धक नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीले भने, “विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद् नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन। प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ।”
संघीय संसद् निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्षसमेत बैठकले निकालेको कार्कीले बताए।

