काबुलः अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान छोड्न चाहने आफ्ना नागरिकहरुका लागि राहदानी जारी गरेको छ। तालिवान सरकारले आइतबारदेखि राहदानी जारी गरेको हो।

सरकारले उक्त निर्णय गरेपछि अफगानिस्तान छोड्न चाहने हजारौं अफगान नागरिकहरु राहदानी कार्यालयमा लाइनमा बसेको जनाइएको छ।
राहदानीका लागि हालसम्म २ हजारभन्दा बढी नागरिकले आवेदन दिइसकेका छन्। राहदानी वितरणको क्रममा सुरक्षा सर्तकता अपनाउन सरकारले सुरक्षाकर्मी तैनाथ गरेको बताइएको छ।
राहदानी लिनेहरुको ठूलो भीड भएकाले सो क्रममा कुनै पनि हमला हुन नदिन सुरक्षाकर्मी खटाइएको सुरक्षा विभागका अधिकारी अज्मल तुफानले बताएका छन्।

