४ पौष, काठमान्डौ : काठमान्डौ को कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा ग्लेसियर इन्टरनेशनल कलेज शान्तिनगर बानेस्श्वोरको आयोजनामा बृहत स्वागत तथा बिदाइ कार्यक्रम २०७८ भब्यताका साथ् सम्पन्न भएको छ ।

कलेजका अध्यक्ष दिलिप कुमार बिष्ट सभापतिर राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश न. ३ (बागमती प्रदेश) प्रमुख जयन्ति सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ख्यातिप्राप्त नेपालि कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय खेल्खुद परिषदका उपाधक्ष शिव कोइराला, काठमान्डौ हिसानका अध्यक्ष नरेन्द्र बहादुर अधिकारी, मेगा बैंक (इमाडोल ब्रान्च) कि शाखा प्रमुख सरिना कार्की , सेन्टर फर लिडरशिप एण्ड एन्तर्प्रेनर्शिप तथा कुलिनारी आर्टका अध्यक्ष अशेस महर्जन, बिश्व न्युजकि प्रशासन प्रमुख स्मिता ढकाल, रमाइलो टेलिभिजनका मिडिया कर्मी प्रहिल कार्की हरुको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालि संगीत जगतका प्रसिद्ध युवा गायक सुगम पोखरेलको बिशेष प्रस्तुतिले कार्यक्रम निकै नै रमाइलो बनेको थियो ।
उक्त कार्यक्रममा मेधाबी बिधार्थिहरुलाई कलेजको तर्फ बाट सम्मान गरिएको थियो। लामो समय सम्म शिक्षा क्षेत्रमा अब्बल योगदान पुर्याए बापत स्थापना कालदेखि नै नियमित रूपमा अध्यापन गराइरहनु भएका रसायन विज्ञानका शिक्षक श्री जय प्रकाश यादबलाई कलेजले बिशेष सम्मान गरेको छ । कक्षा १२ को अध्ययन पश्चात एमबिबिएस र इन्जिनियरिंगमा नाम निकाल्न सफल बिधार्थिहरुले पनि बिशेष सम्मान पाएका छन् । कार्यक्रमका प्रमुख अतिथि जयन्ति सत्यालले बिधार्थिहरुलाई जिबनमा सफल बन्नको लागि निरन्तर सिकाई प्रक्रियामा लागिरहनु पर्ने बताउनुभयो साथै बिदाई हुने सम्पूर्ण बिधार्थीहरुलाई उज्ज्वल भबिस्यको कामना समेत गर्नुभयो ।
सुगम पोखरेलको बिशेष प्रस्तुति अन्तर्गत पोखरेलले निकै नै चर्चित गीत ‘मेरो एउटा साथि छ…र ‘मायाले बोलेको बोलि मिठो भो… ‘भन्ने गीत गुन्जिदा कार्यक्रम हल नै तातेको थियो । साथै नेपालि कलाकारिता जगतका हाँस्य व्यंग कलाकार तथा जादुगर शेर बहादुर गुरुङ्ग्को प्रस्तुतिले पनि सम्पूर्ण उपस्थितमा उमंग थपेको थियो । सबैलाई चकित पार्दै शेर बहादुरले विभिन्न जादुमय कला प्रस्तुत गरेका थिए ।
यसै वर्ष मात्रै “बेष्ट प्रिन्सिपल अवार्ड’ बाट समानित कलेजका प्रिन्सिपल दिवश शाक्यले आफुले पाएको सफलता आफ्नो मात्र नभई सम्पूर्ण बिधार्थी, अभिभाबक, र आफ्नो टिमको सफलता भएको भन्दै आगामी वर्षको लागि कलेज ‘बेष्ट +२ अफ द एअर” मा नोमिनेशनमा परेको र सबै जनाको साथ् सहयोगले कलेजले उक्त विधामा कलेजलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका शभापति दिलिप कुमार बिष्टले नयाँ बिधार्थिहरुलाई स्वागत र बिदाइ हुने बिद्धार्थिहरुलाई उज्ज्वल भविष्यको शुभकाना दिदै पहिलो चरणको कार्यक्रम अन्त्य भएको घोषणा गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रममा कक्षा ११ र १२ मा पढ्दै गरेका बिधार्थिहरुको सांस्कृतिक प्रस्तुति पनि निकै नै उत्कृष्ट थियो । बिभिन्न बिधार्थीहरुले नेपालको संस्कृति लाइ थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए । झन्डै १८०० बिधार्थी हरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम झन्डै ८ घण्टा चलेको थियो ।

