बाँकेको फत्तेपुर जंगलमा बाघले फेरि मान्छेलाई झम्टेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टेको हो।

क्याम्पसबाट शनिबार बिहान साढे ६ बजेतिर बिनौनातिर मोटरसाइकलमा गइरहेको अवस्थामा आफूलाई बाघले झम्टेको उनले बताए। बाघले झम्टेपनि आफूलाई उसको पन्जाले नभेटाएको उनको भनाइ छ। बाघको आक्रमणबाट बाच्न सफल भएकोमा आफूले पुनर्जीवन पाएको क्याम्पस प्रमुख बटालाले बताएका छन्।

गत भदौ अन्तिम साता राप्ती सोनारी १ कुसुमस्थित गाभरमा बाघले बाँके राष्ट्रिय निकुञ्जको बाघले मान्छे खाएको थियो। त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो। बाँकेमा पछिल्लो समयमा बाघको बिगबिगी बढेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *