एजेन्सी :
फिलिपिन्समा भयानक तुफानबाट जोगाउन मध्य तथा दक्षिणी क्षेत्रका दशौँ हजार मानिसको उद्धार गरिएको छ । तुफानबाट मानवीय क्षति हुन नदिन तुफान आउनुपूर्व नै मानिसलाई सुरक्षित स्थानमा सारिएको हो ।

फिलिपिन्सको मौसम ब्युरो पीएजीएएसएले ‘तुफान राइ’ तीव्र रूपमा तेज भइरहेको जनाएको छ । ब्युरोको तुफान ट्र्याकरका अनुसार केन्द्रनजिक १९५ किलोमिटर प्रतिघण्टा रहेको हावाको गति २४० किलोमिटर प्रतिघण्टासम्म पुग्नेछ । केन्द्रले आँधीबेरी विनाशकारी हुने र देशका केही क्षेत्रमा बाढी-पहिरो जान सक्ने चेतावनी दिएको छ

पीएजीएएसएले सबै प्रकारका समुद्री सवारीसाधनहरूलाई खतरा रहेको भन्दै चालकहरूलाई बन्दरगाहमै रहन सुझाव दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *