प्रतीकात्मक चित्र

हङकङको एक सपिङ सेन्टरमा आगलागी भएको छ। आगलागी हुँदा ३०० जनाभन्दा बढी भित्रै फसेका छन् । भवनको छतमा रहेकाहरू फसेको बीबीसीले उल्लेख गरेको छ।

हङकङको वर्ल्ड ट्रेड सेन्टरमा (३८ तले भवनमा) उक्त आगलागी भएको हो । सो आगलागी बुधबार मध्यान्ह १२:२७ बजे भएको जनाइएको छ। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

आगलागी सुरु भएलगत्तै आपतकालीन सेवाका अधिकारीहरुले आगो निभाउन तथा उद्धारको प्रयास थालेका छन्। हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *