काठमाडौँ : बुधबार पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज दिउँसो तथा राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
हाल देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

