हेटौंडा : बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मङ्गलबार (आज)मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र वसन्त मानन्धरलाई मन्त्री बनाउने जानकारी प्राप्त भएको छ।
यसै गरी नेकपा माओवादी केन्द्रबाट विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहाल मन्त्री बन्ने पक्का भएको जनाइएको छ । नेपाली कांग्रेसले भने अझै महाधिवेशन नसकिएकाले अहिलेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नहुने जनाएको छ ।
मन्त्रीहरूको नाम प्रकाशमा आए पनि को कुन मन्त्री बन्दै छन् भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन।

