काठमाडौं : कांग्रेस सभापतिका उमेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले समर्थन गरेका छन् । आज बिहान निधि निवासमा भएको छलफलपछि दोस्रो चरणमा हुने निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको बताइएको छ। नेता प्रकाशमान सिंहले यस अगाडि नै समर्थन गरेको घोषणा गरेका थिए।

मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। ४ हजार ६७९ मत खसेकामा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७०२ मत प्राप्त गरे । साथै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २५० र कल्याण गुरुङले २२ मत ल्याएका छन् ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको मतको ५०  प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

अब देउवा र कोइरालाबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो ३:३० बजे हुँदै छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *