काठमाडौं: नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रम आयोजना गर्दै छन्। पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरुका लागि मंगलबार बिहान चियापान कार्यक्रम गर्न लागिएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार काठमाडौंको लैनचौरथस्ति ब्यान्क्वेटमा कार्यक्रम राखिएको जनाएको छ। नेता पौडेलले १४औं महाधिवेशनमा असन्तुष्टि जनाउँदै भाग नलिने घोषणा गरेका थिए।
सभापतिका आकांक्षी रहेका पौडेलले अन्ततः शेखर कोइरालालाई अगाडि बढाएका थिए।

