बाल्टिक सागरमा दुईवटा कार्गो पानी जहाज ठोक्किएको छ । जस मध्ये एउटा पानी जहाज समुन्द्रमा पल्टिएको छ । उक्त घटनामा कम्तिमा दुई जना पानीमा डुबेको बताइएको छ। अहिले उद्दार कार्य जारी रहेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ।

अँध्यारो र जाडोका कारण उद्दार कार्यमा कठिन भएको बताइएको छ । जहाज ठक्कर हुनुको कारण खुल्न सकेको छैन।

दक्षिणी स्वीडेनको यस्टाड र डेनिस टापुको बीचमा रहेको बाल्टिक सागरमा सो दुर्घटना भएको हो । हेलिकोप्टर र डुङ्गाहरूबाट खोजी कार्य भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *