काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसालै गरेको मनोनयन तथा कार्यविभाजनप्रति नेता भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्।

रावलले ट्विटर मार्फत त्यस्तो धारणा राखेका हुन्।उनले केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै आएको गुटबन्दीले छलाङ मारेको बताए छन्।
उनले भनेका छन्,”एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।”

