काठमाडौं : काठमाडौं उपत्यकाको केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घटिरहेको छ।

काठमाडौं उपत्यकाको मात्र नभई देशभरको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको विभागले बताएको छ।

सोमबार काठमाडौं उपत्यकाको तापक्रम चार दशमलव तीन डिग्री सेल्सियसमा रहेको छ। आइतबार उपत्यकाको तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस थियो। उपत्यकाको तापक्रम अझै घट्ने, विभागको अनुमान छ।

हाल देशको प्रदेश १, प्रदेश २ का पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री र अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ।

त्यस्तै‚ आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *