काठमाडौं : सोमबार(आज)देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ।
प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

