काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि आज मनाङ जाँदै छिन्।

सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्म र असारको वर्षाबाट मनाङको केही क्षेत्रमा भएको क्षति अवलोकन गर्न उनी त्यसतर्फ जान लागेकी हुन्।

जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ। आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो।

शनिबारदेखि राष्ट्रपति भण्डारी विभिन्न जिल्लाको भ्रमणमा छिन्। उनले शनिबार मुस्ताङको मुक्तिनाथको दर्शन र बागलुङको ढोरपाटन आरक्ष अवलोकन भ्रमण गरेकी थिइन् भने आइतबार लुम्बिनी भ्रमण गरेकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *