काठमाडौं : माल्दिभ्सले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेका खोप आइतबार बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ। माल्दिभ्स सरकारले उपहार स्वरूप नेपाललाई २ लाख १ हजार ६० डोज खोप उपलब्ध गराउन लागेको हो।

खोप आइपुग्ने समय आज दिउँसो एक बजे भनिए पनि समय तालिका परिवर्तन भई बेलुका आठ बजे पुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।
खोप कतार एयरको नियमित उडानबाट आउन लागेको छ।

