काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य ३ सयले घटेर ९१ हजार ७ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन शुक्रबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मू्ल्य ९१ हजार २ सय कायम गरिएको छ। शुक्रबार तेजाबी सुनको मूल्य ९१ हजार ५ सय थियो।
यसै गरी आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० कायम भएको छ। शुक्रबार चाँदी १ हजार २ सय ४५ मा कारोबार भएको थियो।

