विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा पनि नेकपा (एस) कै सरकार बन्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा उनले यस्तो बताएका हुन्।

उनले भीम आचार्य नेतृत्वको सरकारलाई हटाउने र राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने दाबी गरे।
प्रदेश १ ओलीको अन्तिम ठाउँ भएकाले उनले षडयन्त्र गरिरहेको बताउँदै नेपालले भने,‘षडयन्त्रले केही फरक पार्दैन, गठबन्धनबाट हाम्रै नेतृत्वमा सरकार बन्छ।’
सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा पत्रकारले राखेको प्रश्नमा नेपालले आफू राजनीतिककर्मी भएकाले राजनीतिक प्रश्न मात्र गर्न आग्रह गरे।

