काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बेलायत जानुअघि
निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री स्वदेश नफर्कुञ्जेलसम्मका लागि  कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेको जानकारी दिए।

‘नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं सम्माननीय प्रधानमन्त्री  शेरबहादुर देउवा World Leaders Summit during the 26th Conference of Parties (COP 26) of the UN Framework Convention on Climate Change मा सहभागी हुन बेलायत प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *