काठमाडौं : आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने र केही भूभागमा सामान्य वर्षा हुने सम्भावाना रहेको छ।बाँकी भू-भागमा सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *