काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा समस्या देखिएपछि उनी वीर अस्पताल भर्ना भएकी छन्। उनी बुधबार साँझ अस्पताल भर्ना भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार उनलाई निमोनिया भएको , कोरोना संक्रमण भने नेगेटिभ देखिएको छ।
अहिले मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनका सहयोगी फुर्वा तामाङले बताएका छन्।

