हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घोषणा गरेकी हुन् ।

गत असोज २४ गतेको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची रहेको थियो । आफूले विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन् ।
बागमती प्रदेशमा एकल बहुमतमा रहेको नेकपा एमालेको संसदीय दलको नेताका रूपमा भदौ २ गते शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। एमाले विभाजित भएपछि उनको बहुमत गुमेको थियो ।
बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

