काठमाडौँ : नेकपा (एमाले) ले मङ्गलबार देशभरका पालिका स्तरका कमिटीको अधिवेशन गराउँदै छ। ७५३ पालिका स्तरमा पार्टीको अधिवेशन हुन लागेको हो।विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुने जनाइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएको थियो। तय गरेअनुसार धेरैजसो वडामा सम्पन्न भएको छ । तर बाढी पहिरो प्रभावित क्षेत्रका वडामा भने हुन सकेको छैन।

पार्टीको नयाँ विधानबमोजिम गाउँ/नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म वाग्मती प्रदेशको चितवनमा हुने एमालेको दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *