logo

परराष्ट्र मन्त्रालयले रिक्त रहेका २३ राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अस्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, भारत, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमन, कतार, रसिया, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य र अमेरिकालगायतका देशहरुको राजदूत पद हाललाई रिक्त छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले टोकियाेस्थित नेपाली राजदूतावासबाट प्रतिभा राणा, मस्कटबाट शर्मिला पराजुली ढकाल, तेलअबिवबाट अन्जन शाक्य, क्वालालम्पुरबाट उदयराज पाण्डे, नयाँ दिल्लीबाट नीलाम्बर आचार्य, ढाकाबाट वंशीधर मिश्र, दोहाबाट नारदनाथ भारद्धाज, म्याड्रिडबाट दावा फुटी शेर्पा, बेइजिङ्बाट महेन्द्रबहादुर पाण्डे, वासिङ्टन डि.सी.बाट डा. युवराज खतिवडा, लण्डनबाट लोकदर्शन रेग्मी र प्रिटोरियाबाट निर्मलकुमार विश्वकर्मालाई फिर्ता बोलाइएको छ ।

यसैगरी, सिओल, कोलोम्बो, मस्को, कायरो, भियना, रियाद, कापेनहेगन, क्यानबेरा, याङुन र मनामा लगायतका नियोगहरुमा राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लम्सालका अनुसार निर्वतमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त गरेका ११ सहित अन्य रिक्त रहेका राजदूतहरुको पदपूर्तिका लागि आन्तरिक तयारी भइरहेको छ ।स्रोत: गोरखापत्र अनलाईन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *