court

काठमाडौं : सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गरेको छ। प्रधानन्यायाधीश जबरा राजनीतिक विवादमा परेको, न्यायालय संचालन गर्नमा प्रभावकारिता नदेखिएको भन्दै सर्वोच्चका न्यायाधीशहरुले राजीनामा मागेको बैठकमा सहभागी एक न्यायाधीशले बताएका छन्।

सोमबार बिहान इजलास बहिष्कार गर्दै १३ जना न्यायाधीशहरूले छुट्टै बैठक गरेका थिए ।सोही  बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको हो।

प्रधान्यायाधीश जबराले सोमबार १:३० बजेका लागि फूलकोर्ट बोलाएका थिए। सो फूलकोर्ट पनि न्यायाधीशहरुले बहिष्कार गरेका कारण बस्न सकेन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *