logo

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते सञ्चालन गर्ने भएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो ।

देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले माक्स लगाएर जाने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी कोभिड १९ को संक्रमणबाट बच्न आग्रह गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *