Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

दक्षिण एसियाली (सार्क) मुलुकहरूमध्ये नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान उच्च सुधारको बाटोमा अग्रसर देखिएको छ । सङ्क्रमणको जोखिम र मृत्य दरको खतरा भने टरी नसकेको विभिन्न तथ्यले पुष्टि गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरमा हालसम्म ४९ लाख १९ हजार ७५५ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिड महामारी सुरु भएयता २४ करोड १८ लाख ८६ हजार ६३५ जना सङ्क्रमित भएका छन् ।
सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरले बिहीबारसम्म अद्यावधिक गरेको तथ्याङ्कअनुसार सार्क क्षेत्रले विश्वकै २१ प्रतिशत जनसङ्ख्या ओगट्छ । हालसम्म यस क्षेत्रमा तीन करोड ८५ लाख ५४ हजार ३८४ मानिस सङ्क्रमणमा परेका छन् । जसमध्ये पाँच लाख ४१ हजार ३१९ जनाको कोभिडले ज्यान लिएको छ । कोभिड नियन्त्रण र यस क्षेत्रका जनताको जीवन रक्षाका लागि सार्क मुलुकहरूले एकल र सामूहिक दुवैथरी प्रयास जारी राखेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले खोप अभियानको विश्लेषण गर्दा नेपाल अन्य सार्क मुलुकलाई पछि पार्दै अगाडि बढेको दाबी गर्नुभयो । खोप अभियानको मामिलामा नेपाल गत असार महिनासम्म निकै पछाडि थियो । विगत तीन महिनायता सार्क मुलुकका चार मुलुकलाई पछि पार्दै खोप अभियानमा अगाडि पुगेको छ । डा. अधिकारीले अहिले नेपाल भुटान, भारतसहित तीन मुलुकपछि खोप अभियान राम्रो रहेको मुलुकका रूपमा गनिएको जानकारी दिनुभयो ।
उहाँले आगामी पुससम्ममा यी अगाडि रहेका मुलुकको भन्दा नेपालले खोप अभियानमा अग्र सफलता हासिल गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार अब अमेरिकाबाट खरिद गरेको फाइजर खोपको ६० लाख मात्रा सोमबार आइपुग्दै छ । त्यस्तै मोडेर्ना खोपको ४० लाख मात्रा पनि छिट्टै नेपाल भित्रँदै छ । त्यसैगरी चीन सरकारले अनुदानमा दिने २० लाख मात्रा र चीनकै तर्फबाट नेपाली सेनाका लागि आउने थप अनुदानको खोप पनि आउँदैछ । भारतबाट पनि खरिद गरेको १० लाख मात्रा खोप आउने तयारीमा रहेकाले नेपालमा अब खोपको सङ्कट नरहने विश्लेषण सरकारी अधिकारीको छ ।
विज्ञ चिकित्सक डा. समीरमणी दिक्षितले हिउँद सुरु हुनु अगावै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार सार्क मुलुकमध्ये जनसङ्ख्याको हिसाबले भारतमा बढी खोप लगाइएको देखिए पनि समग्र प्रतिशतको हिसाबले भारतमा २१ प्रतिशतले मात्र खोप लगाएका छन् । नेपालमा जनसङ्ख्याका हिसाबले करिब ३२ प्रतिशतमाथिले खोप लगाइसकेका छन् । उहाँले भन्नुभयो, “तर जबसम्म ५०–६० प्रतिशतलाई खोप लगाइसक्दैनौँ तबसम्म कोभिडको उच्च जोखिम रहिरहन्छ । ” नेपालले आगामी पुस १५ गतेभित्र कम्तीमा पनि ५० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

जनसङ्ख्याको आधारमा भारतमा मृत्यु दर उच्च देखिएको छ । भारतमा चार लाख ५३ हजार ४२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा २८ हजार ३४४ जनाको ज्यान गुमेको छ । त्यस्तै बङ्गलादेशमा २७ हजार ५५५, श्रीलङ्कामा १३ हजार ५६२, नेपालमा ११ हजार ३३७, अफगानिस्तानमा सात हजार २४७, मालदिभ्समा २४० र भुटानमा तीन जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय अफगानिस्तामा सङ्क्रमणको दर ह्वात्तै बढेको छ । त्यहाँ १३.७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यसपछि श्रीलङ्कामा ४.९ प्रतिशत, पाकिस्तानमा १.९ प्रतिशत, मालदिभ्समा १.५ प्रतिशत, नेपालमा १.४ प्रतिशत, बङ्गलादेशमा ०.८ प्रतिशत, भारतमा ०.५ प्रतिशत, भुटानमा ०.३ प्रतिशत सङ्क्रमणको दर रहेको छ । नेपालको मृत्युदर १.४ प्रतिशत छ भने सबैभन्दा बढी अफगानिस्तानमा ४.७ र श्रीलङ्कामा २.५ प्रतिशत छ स्रोत: गोरखापत्रआनलाइन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *