धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि तत्काल राहतको कार्यक्रम अघि बढाइने बताएका छन्। बाढी र पहिरोबाट भएको क्षति निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन्।

वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले पूर्व र पश्चिम क्षेत्रमा अल्पकालीन र दीर्घकालीन राहत तथा पूनर्निर्माणका योजनाहरू अघि बढाइने आश्वासन समेत दिए।

‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुखद् कुरा हो , पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरु मरेका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘सबैतिर बाढीले धेरै ठूलो क्षति गरेको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, स्थिति भयाभह छ, हामी तत्काल अल्पकालीन र दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *