काठमाडौं : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नै नभई बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको हो।

बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको थियो। अरू प्रक्रिया १० गते बस्ने बैठकमा अघि बढ्ने सभामुख सानुकुमार श्रेष्ठले बताए।
नेकपा (एस)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
यसै गरी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालीकराम जम्मर कट्टेलले प्रदेश सभामा बोल्दै गठबन्धनको बहुमत बागमती प्रदेश सभामा रहेको बताए। उनले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसकिने पनि बताए।

