विराटनगर : लगातार सोमबारदेखिको आएको वर्षाका कारण बाढी र पहिरोमा परी प्रदेश १ मा ४९ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन्।

प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको ज्यान गएको हो।
वेपत्ता भएका सात जना सबै सुनसरीबाट बेपत्ता भएका हुन्। उनीहरुको खोजी कार्य भइरहेको एसपी राईले बताए।
धनकुटामा बाढीपहिरोमा परेर घाइते भएका ६ जनालाई प्रहरीले उद्धार गरेको छ। प्रदेश १ का विभिन्न जिल्लाबाट क्षतिको विवरण सङ्कलन भइरहेको पनि एसपी राईले जानकारी दिए

