काठमाडौं : नवरात्रीको आठौँ दिन (अष्टमी तिथि) आज शक्तिपीठ तथा घर घरमा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहिआएको छ।

नवरात्रीको पहिलो दिन घटस्थापनाका दिन जौको जमरा राख्दै नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। यसपछि दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।

यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *