रोयटर्स :
फिलिपिन्समा सोमबार साँझ आएको कोम्पासु चक्रवातका कारण ९ जनाले ज्यान गुमाएका छन् भने ११ जना हराइरहेका छन् ।

एक सय किलोमिटर प्रतिघण्टाको दरले कोम्पासु आँधी आउँदा उत्पन्न बाढी र पहिरोको भयानकताबाट उक्त मानवीय क्षति भएको हो।
उत्तर बेङ्गुएट प्रान्तमा पहिरोमा परी पाँच जना र दक्षिण पश्चिम पालावान टापुमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको त्यहाँको
राष्ट्रिय विपत् निकायले जनाएको छ ।
राष्ट्रिय विपत् निकायका अनुसार बाढी पहिरो जानुअघि सोमबार साँझ झण्डै १ हजार ६ सय मानिसको उद्धार गरिएको थियो।
हराएका मानिसको खोजी कार्य भइरहेको छ।

