काठमाडौँ : नेपालबाट मनसुन बाहिरिन सुरु भएकाले ठूलो वर्षाको सम्भावना हटेको छ । यसो भए पनि मनसुन आंशिक रूपमा बाँकी नै रहेको हुँदा देशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
यसै गरी, दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

