जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अघिल्लो महाधिवेशनकै बेला १४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्ने वचन सभापति शेरबहादुर देउवाले दिएको बताएका छन्।

धनुषा निर्वाचन क्षेत्र २ मा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेला कार्यक्रममा उपसभापति निधिले उक्त कुरा बताएका हुन्।

सभापति देउवासँग १३ औँ महाधिवेशनका बेला
भएको कुराकानीको सन्दर्भसँग जोड्दै निधीले
भने, ‘सभापति शेरबहादुर देउवाले त्यसबेला सबै नेताहरूबीच यो मेरो अन्तिम पटक हो, यसपछि तपाईं नै हो भन्नुभएको थियो।’

यस्तो वचन दिएको कारण देखाउँदै उपसभापति निधिले १४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न देउवासँग आग्रह गरेका छन्।

निधिले हिमाल, पहाड र तराईवासीबीच भावनात्मक सम्बन्ध जोड्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन लागेको बताए।

उनले सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेकाले सभापतिमा समर्थन गर्न सबैसँग अनुरोध पनि गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *