चितवन : बाघको आक्रमणमा परी एक युवक बेपत्ता भएका छन् ।

पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका २५ वर्षीय दिनेश बोटे बाघको आक्रमणमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान स्थानीय सात-आठजना युवाहरू घाँस काट्न गइरहेको अवस्थामा बाघले आक्रमण गरेको र बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका साथीहरू भने भाग्न सफल भएको खैरहनी–१३ का वडासदस्य चन्द्रलाल चौधरीले जानकारी दिए।

निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले  हात्तीको प्रयोग गरी अहिले बोटेको खोजी गरिरहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *